एनसेल सेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्‌मा

हिमाल प्रेस २६ माघ २०८० १६:११
8
SHARES
एनसेल सेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्‌मा काठमाडौँको लैनचौरस्थित एनसेलको कर्पोरेट भवन। तस्बिर : हिमालप्रेस

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेको बताएकी छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको जानकारी दिए। उनले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिइन्। समितिका केही सदस्यले प्रतिवेदन आफूहरूलाई दिन माग गरेका थिए।

समितिको आजको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकका दफा १९ देखि २६ सम्ममा छलफल भई पारित भएको छ।

प्रकाशित: २६ माघ २०८० १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast