 
                            
                                            काठमाडौँ– एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको छ। कीर्तिपुर मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै २२४ रन बनाएको थियो।
जीतका लागि ब्याटिङमा उत्रिएको क्यानडाले २१७ रन मात्र बनाउन सफल भयो।
२२४ रन बनाउने क्रममा नेपालले ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए। त्यस्तै आरिफ शेखले ३८ रन बनाए। कुशल मल्लले २०, सोमपाल कामीले २७, भीम सार्की १६, पवन शर्राफ १५, आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान ८ रन र रिजन ढकालले ४ बनाए।
ललित राजवंशी र सूर्य तामाङले क्रमश १ र १० रनमा नटआउट रहे। यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्नेछन्। नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ।
तस्बिर स्रोत – क्यान
 
   
 
                            प्रकाशित: २५ माघ  २०८० १६:४७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![राजनीतिक हस्तक्षेपले खस्कियो शैक्षिक क्षेत्र [हवाई विश्वविद्यालयका प्रा.डा. समीरकुमार खनालसँगको भिडियो कुराकानी]](https://himalpress.com/wp-content/uploads/2025/10/Samir-Khanal.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 