संघीयता कार्यान्वयनमा प्रधानमन्त्रीको चासो

हिमाल प्रेस २५ माघ २०८० १३:३०
2
SHARE
संघीयता कार्यान्वयनमा प्रधानमन्त्रीको चासो

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता साझेदार दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटामा प्रधानमन्त्री दाहालले संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा)लगायत दलका नेताहरूको सहभागिता थियो।

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्री अहिले काठमाडौँमा छन्।

प्रकाशित: २५ माघ २०८० १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast