
काठमाडौँ- सिनेमा ‘सिटामोल’को छायांकन धमाधम सिन्धुलीमा भइरहेको छ।
निर्माण टिमका अनुसार अहिलेसम्म सिनेमाको करिब ५० प्रतिशत छायांकन सकिएको हो।
सिनेमाको छायांकन निकै राम्रो र रमाइलो भएको भन्दै निर्देशक सानेले खुसी व्यक्त गरेका छन्।
अहिलेकै स्पीडमा काम भएको खण्डमा काम तीजमा रिलिज टार्गेट राखिएको निर्देशक राजबहादुर साने बताउँछन्। विगत एक हप्तादेखि भइरहेको छायांकनको सेटबाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक भएको छ।
सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन्। बेनिशाले बच्चा बोकेकी छन्। यो तस्बिरबाट सिनेमामा उनीहरु श्रीमान् श्रीमतीको रूपमा प्रस्तुत भएको बुझ्न सकिन्छ।
माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको बुझिएको छ। सार्वजनिक लुक्सबाट सौगातलाई जनयुद्धको घाइतेको रूपमा देखाइएको हुनसक्ने बुझिन्छ।
सिनेमामा उनीहरूका अवा लोकेन्द्र लेखक पनि मुख्य भूमिकामा काम गरेका छन्। बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले खिचि रहेका छन्।