जसपाको शेर्पालुङ राष्ट्रिय समिति पुनर्गठन

हिमाल प्रेस २० माघ २०८० ९:१० | Saturday, February 3, 2024
जसपाको शेर्पालुङ राष्ट्रिय समिति पुनर्गठन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको शेर्पालुङ राष्ट्रिय समिति (बागमती प्रदेश) पुनर्गठन भएको छ।

शुक्रबार दोलखाको जिरीमा आयोजित कार्यक्रममबाट दावा शेर्पाको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन गरिएको हो।

समितिको उपाध्यक्षमा नुर्बु शेर्पा, दिर्घमान तामाङ, ल्हमु शेर्पा र मुख्यसचिव महेशकुमार राना मगर सचिव फुर्पु छिरिङ ल्होमी, राज लामा शेर्पा र कोषाध्यक्षमा दोर्जे शेर्पा गोरे चयन भएका छन्।

त्यस्तै सोही कार्यक्रमबाट समितिको कार्यकारिणी सदस्यमा सोनाम टासी शेर्पा, सार्की शेर्पा, काले शेर्पा पिनासा र छोङ्बा शेर्पालाई मनोनयन गरिएको छ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुले नवगठित समितिसहितका नेता, कार्यकर्ताहरूलाई आज प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

प्रकाशित: २० माघ २०८० ९:१० | Saturday, February 3, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast