सांसद बसन्त नेम्बाङ बिरामी, उपचारका लागि काठमाडौँ लगियो

हिमाल प्रेस १७ माघ २०८० १६:३९ | Wednesday, January 31, 2024
सांसद बसन्त नेम्बाङ बिरामी, उपचारका लागि काठमाडौँ लगियो

ताप्लेजुङ- संघीय सांसद बसन्तकुमार नेम्बाङ बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिएको छ। उनलाई थप उपचारका लागि आज हेलिकप्टरमा काठमाडौँ लगिएको हो।

नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ आएका उनी बिरामी परेका हुन्। सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ लगिएको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए।

जिल्ला अस्पतालले उनलाई उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको अध्यक्ष थेबेले बताए। पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत हुन्। उनी आजै बिहान फिदिमबाट ताप्लेजुङ पुगेका थिए।

खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो। तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो।

प्रकाशित: १७ माघ २०८० १६:३९ | Wednesday, January 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast