जनतालाई सुविधा थप, प्रदेशसभाका पदाधिकारीलाई होइन : शेखर कोइराला

हिमाल प्रेस १६ माघ २०८० १९:५३
8
SHARES
जनतालाई सुविधा थप, प्रदेशसभाका पदाधिकारीलाई होइन : शेखर कोइराला

मोरङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताएका छन्।

समुदायमा कांग्रेस अभियानअन्तर्गत आज (मंगलबार) विराटनगर-७ मा आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले जनताका आधारभूत सुविधा थप्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए।

मुलुकमा लोकतन्त्र नेतालाई मात्र आएको जनतालाई नआएको बताउँदै अराजकताले नागरिकको आवश्यकता परिपूर्तिमा बाधा उत्पन्न हुने उनले बताए।

नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझेर आगाडि बढ्ने चर्चा गर्दै पार्टीभित्रका कमीकमजोरीलाई सच्च्याउने प्रतिबद्धता व्यक्त गरे।

उनले सरकारले सिंगिया खोलाको बाढी नियन्त्रण गर्न अस्थायी तटबन्ध र करिडोर निर्माण गरी स्थायी समाधान गर्ने आश्वासन दिए।

प्रकाशित: १६ माघ २०८० १९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast