गुरुराज घिमिरेले मागे देउवाको राजीनामा

हिमाल प्रेस ११ पुष २०७९ ८:३९ | Monday, December 26, 2022
गुरुराज घिमिरेले मागे देउवाको राजीनामा

काठमाडौँ- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति शेरबहादुर देउवाले सभापति र संसदीय दलको नेताबाट तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। गएराति ट्वीट गरी घिमिरेले नैतिकताको आधारमा देउवाले दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो?’, उनले प्रश्न गरेका छन्, ‘आज किन जोगाउन सकिएन?’ अहिलेको परिस्थिति आउनुमा सत्तालिप्सा र भजनमण्डली जिम्मेवार रहेको भन्दै उनले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउनु पर्ने बताएका छन्।

प्रकाशित: ११ पुष २०७९ ८:३९ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast