बंगलादेशलाई ग्यास आपूर्ति गर्न कतारले गर्‍यो १५ बर्से सम्झौता

हिमाल प्रेस १५ माघ २०८० १७:४७ | Monday, January 29, 2024
बंगलादेशलाई ग्यास आपूर्ति गर्न कतारले गर्‍यो १५ बर्से सम्झौता तस्बिर कतार इनर्जी फेसबुक पेजबाट

बंगलादेश- कतारले अमेरिकास्थित एक्सेलरेट इनर्जीसँग बंगलादेशलाई १५ वर्षका लागि खाना पकाउने ग्यास आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। दोहाले एक्सेलरेटलाई जनवरी २०२६ देखि सुरु हुने १५ वर्षको अवधिमा बंगलादेशमा वार्षिक १० लाख टन खाना पकाउने आपूर्ति गर्नेछ।

चीनको सिनोपेक, फ्रान्सको टोटल, बेलायतको शेल र इटालीको एनीसँग कतारी ग्यास आपूर्ति सम्झौताका लागि गत वर्ष घोषणा गरिएको थियो। यी सम्झौताहरू २७ वर्ष लामो उद्योगको इतिहासमा सबैभन्दा लामो सहमति हो।

कतारका ऊर्जामन्त्री साद अल–काबीले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ,‘बंगलादेशलाई वार्षिक १० लाख टनसम्म एलएनजी आपूर्तिका लागि एक्सेलरेटसँग यो सम्झौतामा हस्ताक्षर गर्न पाउँदा हामी हर्षित छौँ।’

कतार इनर्जीका प्रमुख कार्यकारीसमेत रहेका काबीले यो सम्झौताले एक्सेलरेटसँग सम्बन्धलाई थप मजबुत बनाउने बताए। चीन, जापान र दक्षिण कोरियाको नेतृत्वमा एसियाली देशहरू कतारको ग्यासको लागि मुख्य बजार हुन्।

सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली देशहरूले बढ्दो रूपमा खोजी गरिरहेका छन्। गत जुनमा कतार इनर्जीले बंगलादेशको सरकारी ऊर्जा कम्पनी पेट्रोबंगालासँग १५ वर्षका लागि वार्षिक १५ लाख टन एलएनजी आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो।

अमेरिका, अस्ट्रेलिया र रुससँगै कतार विश्वको शीर्ष एलएनजी उत्पादकमध्ये एक हो। यो बंगलादेशको लागि सबैभन्दा ठूलो प्राकृतिक ग्यास आपूर्तिकर्ता हो।रासस/एएफपी 

प्रकाशित: १५ माघ २०८० १७:४७ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast