आजको मौसम : हिमाली भेगमा हिमपातको सम्भावना

हिमाल प्रेस ११ पुष २०७९ ७:१५ | Monday, December 26, 2022
आजको मौसम : हिमाली भेगमा हिमपातको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

आज गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो मधेश प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित: ११ पुष २०७९ ७:१५ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast