एसबिआई बैंकका कर्मचारीको ‘डाटा गोपनीयता’ राख्ने प्रतिबद्धता

हिमाल प्रेस १५ माघ २०८० १३:३२ | Monday, January 29, 2024
एसबिआई बैंकका कर्मचारीको ‘डाटा गोपनीयता’ राख्ने प्रतिबद्धता

काठमाडौँ- ‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीले बैंकको नीतिअनुरूप डाटा सुरक्षामा सजग र सचेत रहने प्रतिबद्धता जनाएका छन्।

कार्यस्थल तथा ग्राहकको सबै व्यक्तिगत तथा वित्तीय जानकारीहरू गोप्य राख्नका साथै बैंकको गोपनीयता नीति तथा कार्यविधिहरूको बारेमा अद्यावधिक रहने प्रतिज्ञा गरेको बैंकले जनाएको छ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटीएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ। ‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा प्रतिज्ञा गरिएको हो।

नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमूख प्रविधि अधिकारी सूनन्द मल्होत्राका साथै अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराएका थिए।

प्रकाशित: १५ माघ २०८० १३:३२ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast