बिहेमा नगद र फर्निचर कम दिएको रिसमा श्रीमतीको हत्या

हिमाल प्रेस १५ माघ २०८० ७:२९ | Monday, January 29, 2024
बिहेमा नगद र फर्निचर कम दिएको रिसमा श्रीमतीको हत्या

रौतहट- गौर नगरपालिका-४ गढवामा दाइजोको निहुँमा छोरीको हत्या भएको आरोप माइती पक्षले लगाएको छ।

भारतको मोतिहारी रुसुलपुर घर भई हाल काठमाडौंमा बस्दै आएका सञ्जय बैठाले ज्वाइँ र उनका परिवारका अन्य सदस्यले गरेको छोरी २१ वर्षीया पुनमदेवीको हत्या गरेको आरोप लगाएका हुन्।

बैठाले दाइजोको निहुँमा ज्वाइँ सुनिल बैठाले बुबाआमासँग मिलेर गत शुक्रबारआफ्नी छोरीको हत्या गरेकोआरोप लगाए। सुत्ने कोठामा रहेको खाट नजिक घाँटीमा सलले बाँधिएको र दुवै गोडा भुइँमा छोएको अवस्थामा शव फेला परेकाले उनलाई हत्यापछि झुण्ड्याएको उनको आरोप छ।

बिहेमा नगद कम दिएको, सुत्ने खाट र कुर्सीलगायत फर्निचर नदिएको भन्दै यातना दिँदै आएका सुनिलको परिवारले छोरी पुनमको हत्या गरेको बैठाको भनाइ छ।

उनका अनुसार अनुसार २०७७ साल जेठमा सुनिल र पुनमको विवाह भएको थियो। उनीहरूका १६ महिनाका छोरासमेत छन्। दाइजो माग्दै पति सासू र ससुराले मानसिक र शारीरिक यातना दिने गरेको र यसविरुद्ध काठमाडौंमा प्रहरीमा उजुरीसमेत दिएको बैठाले जानकारी दिए।

हत्या आरोपमा ज्वाइँ सुनिल र उनका आमाबुबाविरुद्ध जाहेरी दरखास्त लिएर जाँदा जिल्ला प्रहरी कार्यालयले नमानेको उनीहरूको दुखेसो छ।

 

प्रकाशित: १५ माघ २०८० ७:२९ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast