काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध प्रवास संगठन नेपाली समाज कतारको तेस्रो अधिवेशन सम्पन्न भएको छ।
कतारको ग्राण्ड मल्लस्थित लालीगुराँस रेष्टुरेन्टको सभाहलमा आयोजित भेलाले मनिष यादवको नेतृत्वमा २५ सदस्यीय समिति निर्वाचित गरेको हो।
समितिको उपाध्यक्षमा नवाङ्ग फुरी शेर्पा, सरोज यादव, देवी मगर महासचिवमा पञ्कज राई, सचिवमा ई विजय यादव, कोषाध्यक्ष जय प्रकाश यादव सहकोषाध्यक्षमा अर्जुन यादव र संस्थाको प्रेस संयोजकमा रामएकवाल राम निर्वाचित भएका छन् ।
जसपाले प्रवासमा रहेका नेपालीहरूलाई आबद्ध गर्न प्रवास विशेष प्रदेश समितिको संरचना बनाएको छ। जसअनुसार १८ मुलुकमा पार्टीको प्रवास संगठन रहेको छ।
प्रकाशित: १४ माघ २०८० ७:३१ | Sunday, January 28, 2024
प्रतिक्रिया




