आजै प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरिने, भोलि शपथ

हिमाल प्रेस १० पुष २०७९ १८:१० | Sunday, December 25, 2022
आजै प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरिने, भोलि शपथ बालकोटमा ओली र प्रचण्ड। तस्बिर- हिमाल प्रेस

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज आइतबार साँझ नै प्रधानमन्त्री पदमा नियुक्त गर्ने भएकी छन्।

सात दलका सांसद र तीन स्वतन्त्र सांसदको समर्थनसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको दाबी गरेका प्रचण्डलाई केहीबेरमा नियुक्त गर्ने तयारी रहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले हिमालप्रेसलाई जानकारी दिए।

‘आजै प्रधानमन्त्री नियुक्तिको काम हुन्छ। शपथ भने भोलि हुन्छ’अधिकारीले भने। नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद आफैँ राख्ने अडान राखेपछि प्रचण्ड एमालेसँग मिलेर प्रधानमन्त्री बन्न लागेका हुन्।

प्रकाशित: १० पुष २०७९ १८:१० | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast