‘माेदीबेनी’ बाट रेजिनाको कमब्याक, अमर प्रतापको डेब्यु

हिमाल प्रेस ११ माघ २०८० १५:१८ | Thursday, January 25, 2024
‘माेदीबेनी’ बाट रेजिनाको कमब्याक, अमर प्रतापको डेब्यु

काठमाडौँ– फिल्म ‘माेदीबेनी’ मा अभिनेत्री रेजिना उप्रेती अनुबन्धित भएसँगै कलाकारहरुको संख्या पूरा भएको छ। अभिनेत्री रेजिना उप्रेती लामो समयपछि फिल्ममा कमब्याक गर्दैछिन्। उनको पछिल्लो फिल्म ‘वरदान’मा २०१३ मा प्रदर्शन भएको थियो।

दुई कार्यकाल कलाकार संघमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष रही कार्य गरेकी उनले यस बिचमा केही म्युजिक भिडियो, विज्ञापन तथा लघु फिल्ममा अभिनय भने गरिरहेकी थिइन्। उप्रेती यस फिल्ममा कलाकार दिलीप केसीसँग देखिनेछिन्।

कलाकार अमर प्रताप श्रेष्ठले यसैबाट फिल्ममा डेब्यु गर्दैछन्। ओजस थिएटरमा दुई वटा नाटकमा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रितको रित’ नामक वेब सिरिजमा पनि अभिनय गरेका छन्।

शंकर कोइरालाले निर्देशन गर्ने फिल्ममा रेजिना र अमरसहित सरोज खनाल, केकी अधिकारी, दिलिप केसी, कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिसलगायतको अभिनय रहनेछ। फिल्मको कथा आनन्द बिक्रम क्षेत्रीले लेखेका छन्।

करिब चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने फिल्मले पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको कथा भन्नेछ। चलचित्र माघ १६ गतेदेखि सुरु गर्ने निर्माण टिमको तयारी छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने फिल्मका निर्माता दिलीप केसी हुन्। भने सह-निर्मातामा हरि श्रेष्ठ छन्।

प्रकाशित: ११ माघ २०८० १५:१८ | Thursday, January 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast