७५१ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै ओलीले प्रचण्डलाई भने : दराजमा नथन्काउनुहोला

प्रचण्डको जवाफ : यो प्रति थन्क्याउँछु, फोटोकपी गरेर कार्यान्वयन गर्छु

हिमाल प्रेस ९ माघ २०८० १०:५६
8
SHARES
७५१ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै ओलीले प्रचण्डलाई भने : दराजमा नथन्काउनुहोला

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले बुझाएका जनताका मागहरु ‘दराजमा नथन्काएर’ कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

आज बिहान मध्यपहाडी यात्राका क्रममा आएका जनताका ७५१ माग बुझाउन बालुवाटार पुगेको नेकपा एमालेका पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनका सवालमा अनुगमन गर्ने र सरकारलाई खबरदारी गर्ने बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मागपत्र दराजमा नथन्क्याउन अनुरोध गरेका थिए।

प्रधानमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताए। ‘यो प्रति म दराजमै राख्छु, कार्यान्वयनका लागि अरू पठाउँछु।’

कार्यान्वयनको पहल र अनुगमनका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिएको छ। प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा जनताका माग समेट्ने बताएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागहरू एकीकृत गरी सरकारसमक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको हो।

प्रधानमन्त्री प्रचण्डले एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधनका लागि सरकार गम्भीर रूपमा लाग्ने प्रतिविद्धता व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण योगदान पुग्दै बताउँदै उक्त अभियानले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्वपूर्ण सहयोग पुगेको बताए।

उनले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

प्रकाशित: ९ माघ २०८० १०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast