‘स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमै सम्बोधन गर्नुपर्छ’

हिमाल प्रेस ८ माघ २०८० १८:२२ | Monday, January 22, 2024
‘स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमै सम्बोधन गर्नुपर्छ’

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्रीले भने, ‘नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को क्षेत्राधिकार बाझिने गरेको अवस्था  पनि छ। त्यसलाई हामीले स्पष्ट पार्नुपर्छ।’

चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिट्टै चिकित्सा शिक्षा आयोगको बैठक बस्ने प्रधानमन्त्रीले बताए।

‘स्वास्थ्य क्षेत्रका समस्या के हुन्, नर्सिङ क्षेत्रका समस्या के हुन्, त्यसबारे बृहत् छलफलमार्फत एउटा निष्कर्षमा पुग्नुपर्छ। आयोगको बैठक बसेर अध्ययन समिति नै बनाएर व्यवस्थित काम गरौँ। समितिमा राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाऔँ,’ उनले भने।

ऐनका समस्या ऐन संशोधनको प्रक्रियाबाट नै सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: ८ माघ २०८० १८:२२ | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast