सीके राउत पनि पुगे बालकोट

हिमाल प्रेस १० पुष २०७९ १५:१९ | Sunday, December 25, 2022
सीके राउत पनि पुगे बालकोट बालकोटमा राउत। तस्बिर- हिमाल प्रेस

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि बैठकमा छलफल हुन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्। बालकोटमा एमाले अध्यक्ष ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाका नेताहरू, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सरकार गठनका लागि छलफल गरेका छन्।

जसमा राउतलाई पनि फोन गरेर बोलाएपछि उनी बैठकस्थलतर्फ लागेका हुन्। बालकोटमा पुगेका राउत छलफलमा सहभागी भएका छन्।

प्रकाशित: १० पुष २०७९ १५:१९ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast