बालकोटमा चार दलको बैठक

हिमाल प्रेस १० पुष २०७९ १४:४८ | Sunday, December 25, 2022
बालकोटमा चार दलको बैठक

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा चार दलीय छलफल भइरहेको छ।

अहिले एमाले अध्यक्ष ओलीसँग माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरू छलफलमा छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ओलीसँग वार्ता गरेर निस्किएका थिए। त्यस्तै अहिले जसपाका नेता अशोक राई पनि निस्किएका छन्।

यी चार दल मिल्दा सरकार बनाउन स्पष्ट बहुमत पुग्छ। प्रतिनिधिसभामा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २० र जसपाको १२ सिट छ। राप्रपाका १४ सांसद छन्।

प्रकाशित: १० पुष २०७९ १४:४८ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast