पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरी भन्छ – खोज्दै छौँ

हिमाल प्रेस ७ माघ २०८० १९:०३ | Sunday, January 21, 2024
पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरी भन्छ – खोज्दै छौँ

काठमाडौँ- नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। २०६५ फागुन २६ गते राति कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या आरोपमा  सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

सुर्खेतको जनमाविमा अध्ययनरत मल्लको खुकुरी प्रहार गरी हत्या गरिएको थियो। हत्यालगत्तै उनका काका नवराजले किटानी जाहेरी दिएका थिए। तर, पीडितले अहिलेसम्म न्याय पाएका छैनन्।

मल्लको हत्या अभियोगका आरोपित सिंहसहित ६ जनाविरुद्ध गत शुक्रबार पक्राउ पुर्जी जारी भएको हो। पक्राउ पुर्जी जारी हुनेमा पञ्चा सिंह, पदमबहादुर रावत (टाइगर), बालकृष्ण सिंह (गुराँस), वीरबहादुर मल्ल (सुभाष), अशोक कार्की (अली) र टंकबहादुर सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्ण खड्काका अनुसार उनीहरूलाई प्रहरीले खोजी रहेको छ। ‘पाँच गते उहाँहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो,’ खड्काले हिमालप्रेससँग भने, ‘पक्राउ गर्नका लागि टोली परिचालन भएको छ। देशैभरका प्रहरी युनिटलाई खबर गरिएको छ।’

जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले पनि सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरे।

प्रकाशित: ७ माघ २०८० १९:०३ | Sunday, January 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast