इटहरी- कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिले पहिचान पक्षधरसँग वार्ता गर्ने तयारी गरेको छ।
कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार मन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।
समितिले पहिचान पक्षधरसँग वार्ता अघि बढाउने तयारी गरेको हो। आइतबार पत्रकार सम्मेलन गर्दै समिति संयोजक मन्त्री जवेगुले समितिको छलफलपछि पहिचान पक्षधरलाई वार्तामा बोलाउने बताए। प्रदेशको नेतृत्व गर्दै वार्ताद्वारा सामधान गर्न प्रयास गर्ने उनले बताए।
सोमबार समितिको बैठक बसेर पहिचान पक्षधरलाई औपचारिक रूपमा आग्रह गर्ने उनले बताए।
प्रकाशित: ७ माघ २०८० १३:२४ | Sunday, January 21, 2024
प्रतिक्रिया




