काठमाडौँ आइपुगे प्रधानमन्त्री

हिमाल प्रेस ७ माघ २०८० ९:४८ | Sunday, January 21, 2024
काठमाडौँ आइपुगे प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन्।

युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन्। उनी माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका थिए।

सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। साथै उनले इजरायल-हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताएका थिए।

प्रकाशित: ७ माघ २०८० ९:४८ | Sunday, January 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast