टाटाको मेगा सर्भिस क्याम्प सुरु

हिमाल प्रेस १० पुष २०७९ १२:१८ | Sunday, December 25, 2022
टाटाको मेगा सर्भिस क्याम्प सुरु

काठमाडौँ- नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ‘मेगा सर्भिस क्याम्प’ सुरु गरेको छ।

आजदेखि सुरु भएको क्याम्प देशभरका ग्राहक सेवा केन्द्रमा पुस १२ गतेसम्म चल्नेछ। देशभरका १२ केन्द्रमध्ये काठमाडौँ उपत्यकामा तीन वटा रहेको कम्पनीले जनाएको छ।

टाटाका ललितपुरको बागडोल, बालकुमारी र काठमाडौँको सोल्टीमोडमा सेवा केन्द्र छन्। त्यसैगरी पोखरा, इटहरी, वीरगञ्ज, ढल्केवर, हेटौँडा, धनगढी, र नेपालगञ्जमा पनि सेवा केन्द्र रहेको कम्पनीले जनाएको छ।

यी सेवा केन्द्रमा टाटाका प्यासेन्जर श्रेणीका गाडीको जाँच गरिने छ। जाँच गराउँदा ग्राहकले छुट सुविधासमेत पाउने भएका छन्। क्याम्पमा म्याक लुब्रिकेन्ट्स, एक्साइड ब्याट्री र स्पेयर पार्टसको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुट दिइएको कम्पनीले जनाएको छ।

क्याम्पमा टप वासिङ , कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेकअप, ब्याट्री र इलेक्ट्रिकल चेकअपको सुविधा निःशुल्क दिइएको सिप्रदीको भनाइ छ।

प्रकाशित: १० पुष २०७९ १२:१८ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast