काठमाडौँ- नेपाल विद्युत् प्राधिकरण ललितपुर लगनखेल वितरण केन्द्रले केही स्थानमा आज विद्युत् कटौती हुने जनाएको छ।
बिहान १० देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले एक सूचनामार्फत जनाएको हो।
चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणको भनाइ छ।
गोदावरी नगरपालिकाका वडा नम्बर ५, ६, ११, १२ र १३ नम्बर वडामा बिजुली बन्द हुनेछ।
त्यस्तै लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासीमा पनि विद्युत् आपूर्ति हुने छैन।

प्रकाशित: ५ माघ २०८० ७:५३ | Friday, January 19, 2024
प्रतिक्रिया



