काठमाडौँ- बिदा सुविधा नलिने प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङले ६ महिनासम्म बिदा नलिने कर्मचारीलाई स्पष्टीकरण सोधिएको हो।
प्रहरी नियमावली २०७१ अनुसार पाउने विदाको सुविधा नलिएकाले किन कुनै किसिमको बिदामा नबसेको भन्दै पाँचजना जवानलाई स्पष्टीकरण सोधिएको छ।
‘…तपाईंहरूला ६ महिनासम्म पनि कुनै किसिमको बिदा नजानु पर्ने कारण के हो? तपाईंहरूले प्रहरी नियमावली २०७१ (संसोधनसहित) मा व्यवस्था भए बमोजिम बिदा लिई आफ्नो घरायसी समस्या समाधान गर्नुपर्छ भन्ने कुराको जानकारी छ या छैन ?,’ पत्रमा भनिएको छ।
प्रकाशित: ४ माघ २०८० १६:४१
प्रतिक्रिया