काठमाडौँमा युवा महोत्सव गर्दै एमाले

हिमाल प्रेस ४ माघ २०८० १३:०७ | Thursday, January 18, 2024
काठमाडौँमा युवा महोत्सव गर्दै एमाले

काठमाडौँ- नेकपा एमाले काठमाडौंले काठमाडौंमा युवा महोत्सव-२०८० आयोजना गर्ने भएको छ।

एमाले काठमाडौंले समृद्धिका लागि युवा भन्ने मूल नाराका साथ माघ २० गते काठमाडौंमा युवा महोत्सव आयोजना गर्न लागेको हो।

युवालाई पार्टीसँग जोड्न सो महोत्सव आयोजना हुन लागेको नेकपा एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेलले जानकारी दिए।

युवालाई परिचालित गरेर युवालाई पार्टी प्रति ध्यानाकर्षण गराउन सो महोत्सव फलदायी हुने उनले विश्वास व्यक्त गरे।

महोत्सवमा युवालाई मोटिभेसन गर्ने खालका स्पिचहरु राखिने उनले बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सो महोत्सवमा मोटिभेसनल विचार राख्ने उनले जानकारी दिए।

प्रकाशित: ४ माघ २०८० १३:०७ | Thursday, January 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast