संस्थाको जग्गा खरीदका लागि जिफान साँझ हुँदै

हिमाल प्रेस १ मंसिर २०७९ ४:५१ | Thursday, November 17, 2022
संस्थाको जग्गा खरीदका लागि जिफान साँझ हुँदै

पोखरा-  गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) द्वारा आगामी मंसिर २४ मा ‘जिफान साँझ’ आयोजना गर्ने भएको छ। बिहीबार पत्रकार सम्मेलनमा जिफान अध्यक्ष गुन्जबहादुर गुरुङले संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलनार्थ सो साँझ आयोजना गर्न लागिएको बताए।

पोखरा सभागृहमा हुन लागेको उक्त कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसँग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्य, गुरुङ चलचित्रका कलाकारको आकर्षक नृत्य प्रस्तुत गरिने उनले बताए।

झण्डै ५ करोड संकलन गर्ने योजनासहित कार्यक्रम आयोजना गरिएको र यसमा गुरुङ चलचित्रलाई माया गर्ने सम्पूर्णको साथ दिने उनले बताए। संस्थाका महासचिव लब्सन गुरुङले जिफानले विभिन्न चलचित्र तथा गीतसंगीत मार्फत गुरुङ समुदायको भाषा, कला र सस्कृतिलाई जोगाउन उल्लेखनीय भूमिका खेलेको बताए।

संस्थाका उपाध्यक्ष सन्तोेष कोन्मेले कार्यक्रममा २०५२ सालदेखि हालसम्म निर्माण भएर जिफानमा दर्ता भई प्रदर्शन भएका चलचित्रको पोष्टर प्रोजेक्टर तथा बोर्ड मार्फत प्रदर्शन एवं गायकगायिकाद्वारा गीत प्रस्तुत गर्ने कुरा जनाए।

यस्ता कार्यक्रम आयोजना हुँदा कोभिडपछि सुस्त भएको गुरुङ चलचित्र तथा गीतसंगीतको गतिविधि पनि बढ्ने कोन्मेको भनाइ छ।  २०६५ सालमा स्थापना भएको जिफानमा हालसम्म १ सय ६० वटा चलचित्र दर्ता भएका छन्। २०५२ सालमा पाते निर्माण गरेपछि सुरु भएको गुरुङ चलचित्र देशको दोस्रो ठूलो बजारको रूपमा हेरिन्छ।

प्रकाशित: १ मंसिर २०७९ ४:५१ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast