आठौं पोखरा स्पोर्टस् अवार्ड वैशाखमा

हिमाल प्रेस ३ माघ २०८० १६:३६ | Wednesday, January 17, 2024
आठौं पोखरा स्पोर्टस् अवार्ड वैशाखमा

पोखरा- आठौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको मिति तय भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष आयोजना गर्दै आएको यो अवार्ड २१ वैशाखमा हुनेछ।

मञ्चको बुधबार बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको महासचिव राजाराम पौडेलले बताए। उनका अनुसार अवार्ड कार्यक्रममा सधैं झैं ७ विधामा अवार्ड वितरण गरिनेछ।

जसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने छ।

प्रकाशित: ३ माघ २०८० १६:३६ | Wednesday, January 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast