जनतालाई निराशामात्रै बाँडियो, यो काम बन्द गरौँ : वर्षमान पुन

हिमाल प्रेस २ माघ २०८० १८:५१
10
SHARES
जनतालाई निराशामात्रै बाँडियो, यो काम बन्द गरौँ : वर्षमान पुन

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जनतामा निराशा बाँड्ने काम रोकिनुपर्ने बताएका छन्।

गृहजिल्ला रोल्पाको माडीचौर रंगशालामा मंगलबार आयोजित माघे संक्रान्ति महोत्सव तथा खेलकुद कार्यक्रममा बोल्दै पुनले निराशा बाँडेर मुलुकको विकास र समृद्धि नहुने बताए।

नकारात्मकता र निशारा बाँड्नेहरूको समाज बदल्न र मुलुकको नेतृत्व गर्न नसक्ने उनको भनाइ थियो। पुनले पछिल्लो समय मुलुकमा धेरै राम्रा कामहरू पनि भएको भन्दै नकारात्मकता हाबी भएका कारण साकारात्मक कामहरूले कम चर्चा पाएको उल्लेख गरे।

‘समाजमा निराशा बाँड्ने र नकारात्मकता फैलाउने कामहरू हुन थालेका छन्’, पुनले भने, ‘संसारमा निशारा बाँड्नेहरूले कहिल्यै पनि नेतृत्व गर्न सकेका छैनन् र उनीहरूले समाजका लागि सम्झनलायक योगदान दिनसकेको उदाहरण पनि छैन।’

पुनले नेपाल सूचना प्रविधि र यातायातको विकासमा संसारका विकसित मुलुकहरूकै दाँजोमा रहे पनि शिक्षा, स्वास्थ्य र अन्य भौतिक पूर्वाधारमा केही पछि रहेको भन्दै सबै मिलेर मुलुक निर्माण गर्नुपर्ने औंल्याए।

‘आधुनिक नेपालको निर्माण नहुँदै युरोपमा ३ सय वर्षअघि नै औद्योगिक क्रान्ति भएको थियो, हामीले अहिले नेपाल युरोपजस्तो भएन भनेर हुँदैन’, कतिपय कुरामा हामीले अमेरिका र युरोपको दाँजोमा विकास पनि गरेका छौं। केहीमा पछि छौं। मुलुकको विकास जरुरी छ। त्यसका लागि दलहरूबीच सहकार्य र एकताको विकल्प छैन।’

प्रकाशित: २ माघ २०८० १८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast