सत्तामा पुगेकै दलका कारण युवाविहीन बन्दै गाउँघर : प्रसाई

हिमाल प्रेस २ माघ २०८० १८:०७
18
SHARES
सत्तामा पुगेकै दलका कारण युवाविहीन बन्दै गाउँघर : प्रसाई

काठमाडौँ- सत्तामा पुगेकै राजनीतिक दलले युवामैत्री योजना ल्याउन नसक्दा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेको मेडिकल व्यवसायी दुर्गा प्रसाईले आरोप लगाएका छन्।

उनकै नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आज सिराहाको लहानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले देश युवाबिहीन भए पनि राजनीतिक दललाई चिन्ता नभएको बताएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा मात्र नभई ४५ वर्षमुनिका सबै नागरिक वैदेशिक रोजगारीमा जान खोजिरहेको बताए। उनले राम्रा व्यापारी पनि परिवार लिएर विदेशीने तयारी भइरहेको भन्दै चिन्ता व्यक्त गरे।

‘शिक्षा, स्वास्थ्य, रोजगारी र व्यवसाय गर्ने जनशक्ति विदेसिएका कारण अहिले नेपालमा आर्थिकमन्दी भएको हो। एकातिर नागरिक ऋणले डुबेका छन्। भने अर्कोतिर बैंकहरू विदेशको हातमा पुगेको छ,’ उनले भने, ‘जनताले कहिले शान्तिका श्वास फेर्ने पाउँछन् भन्ने आफ्नो चिन्ता हो। म राजनीतिक गर्ने स्वार्थ लिएर महाअभियानमा आएको होइन। म भुईँ मान्छेका लागि अहिले आन्दोलनमा होमिएको हुँ।’

प्रकाशित: २ माघ २०८० १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast