त्रिशूलीमा गाडी खसेको आशंका, खोजीका लागि गोताखोर परिचालन

नदी किनारमा भारतीय नम्बर प्लेट देखियो

हिमाल प्रेस २ माघ २०८० ७:३७ | Tuesday, January 16, 2024
त्रिशूलीमा गाडी खसेको आशंका, खोजीका लागि गोताखोर परिचालन

काठमाडौँ- त्रिशूली नदीमा गाडी खसेको सूचना आएपछि गोताखोर टोली परिचालन गरिएको छ। स्थानीयले गाडी डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको छ। तर, हालसम्म कुनै पनि विवरण पाइएको छैन।

प्रहरीका अनुसार नदीको किनारमा भारतीय नम्बर प्लेट देखिएको छ। त्यसैको आधारमा दुर्घटना भएको यकिन गर्न नमिल्ने प्रहरीले बताएको छ।

प्रकाशित: २ माघ २०८० ७:३७ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast