युक्रेनमा छैन क्रिसमसको रौनक

हिमाल प्रेस १० पुष २०७९ ६:१५ | Sunday, December 25, 2022
युक्रेनमा छैन क्रिसमसको रौनक फाइल तस्बिर।

किएभ– युद्धमा फसेको युक्रेनमा यस वर्ष क्रिसमसको उल्लास देखिएको छैन। राजधानीको ३० लाखभन्दा बढी बासिन्दाहरूसहित देशका प्रत्येक व्यक्तिका लागि बिजुली उपलब्ध गराउनु युक्रेनका लागि फलामको चिउरा सावित भएको छ अर्थात् विद्युत् पुन: स्थापना गर्न व्यावहारिक रूपमा असम्भव देखिएको छ।

किएभका मेयर भिटाली क्लिट्स्कोले क्रिसमस ट्री स्थापनाको घोषणा गर्दै यसको नाम ‘अजेयताको रूख’ राख्न लागिएको बताए। ‘हामीले रुसलाई क्रिसमस र नयाँ वर्षको उत्सव हाम्रा बालबालिकाबाट छिन्न नदिने निर्णय गरेका छौं,’ उनले भने, ‘हामी यो नाम तोड्न सक्दैनौं।’

किएभको स्थानीय प्रशासनले रूख स्थापना गर्ने निर्णय गर्नुअघि यति धेरै त्रासदी र भयावहता ल्याउने एक वर्षमा यो उपयुक्त छ कि छैन भन्ने बारेमा केही बहस भएको थियो। ५६ वर्षीय ओलेह स्काकुनले सोमबार रुखको अनावरण गर्दै भने, ‘हामी आभारी छौं कि हामी यस्तो समयमा कम्तीमा केही देख्न सक्छौं।’

उनका अनुसार हरेक डिसेम्बर १९ मा आफ्नी श्रीमतीको जन्मदिनमा उनीहरू आफ्नो घरबाट केही टाढा रहेको दक्षिणी सहर खेर्सनमा रहेको क्रिसमस ट्री हेर्न जान्थे। यो वर्ष भने निपर नदीको बायाँ किनारामा रहेको उनीहरूको घर रुसी सेनाले कब्जा गरेको छ, र उनीहरू गत अगस्टमा किभ आएका थिए। त्यसैले त्यो उत्सव उनीहरूको सम्झनामा सीमित बनेको छ।

दुःखका बावजुद पनि स्काकुनले क्रिसमस ट्रीको दर्शन अवलोकन गर्ने परम्परालाई कायम राख्न चाहेको बताए।

प्रकाशित: १० पुष २०७९ ६:१५ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast