देशको पहाडी भूभागमा सामान्य बदली हुने सम्भावना

हिमाल प्रेस १ माघ २०८० ६:४२ | Monday, January 15, 2024
देशको पहाडी भूभागमा सामान्य बदली हुने सम्भावना फाइल तस्बिर।

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पश्चिम तराईका केही स्थानहरूमा बिहानीपख लागेको हुस्सु-कुहिरो मध्यान्न सम्ममा तथा मध्य तथा पूर्वी तराईका धेरै स्थानहरूमा लागेको हुस्सुरकुहिरो अपराह्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाको भनाई छ। चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मंगलबार पनि कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १ माघ २०८० ६:४२ | Monday, January 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast