मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त गाभिने

हिमाल प्रेस २९ पुष २०८० १५:३३ | Sunday, January 14, 2024
मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त गाभिने

काठमाडौँ– मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन्। मानुषी लघुवित्तले शनिबार बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो।

सभाले ७३ः१०० को अनुपातमा सेयर आदानप्रदान गर्ने प्रस्ताव पारित गरेको छ। सभाले सञ्चालक समितिकोे निर्विरोध चयन पनि गरेको छ। गाभिने सम्बन्धमा दुई संस्थाबीच गत आर्थिक वर्ष नै समझदारी भएको थियो। सभाले गाभिने सम्बन्धमा बाँकी रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ। श्रीजनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारण सभा सम्पन्न गर्दै गाभिने लगायतका प्रस्ताव पारित गरेको छ।

प्रकाशित: २९ पुष २०८० १५:३३ | Sunday, January 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast