सत्तारुढ ७ दलका शीर्षनेताको अनुरोध : गठबन्धन कमजोर बनाउने गतिविधि हुन सक्छ, दृढतापूर्वक उभिनुहोस्

हिमाल प्रेस २९ पुष २०८० १२:४०
10
SHARES
सत्तारुढ ७ दलका शीर्षनेताको अनुरोध :  गठबन्धन कमजोर बनाउने गतिविधि हुन सक्छ, दृढतापूर्वक उभिनुहोस्

काठमाडौँ- सत्ता गठबन्धनका ७ दलले आफ्ना उम्मेदवारलाई जिताइदिन अनुरोध गरेका छन्। आज बिहान बालुवाटारमा बसेको बैठकले आफ्ना १९ उम्मेदवारलाई जिताउन अनुरोध गरेको हो। संयुक्त विज्ञप्तिमा गठबन्धनलाई कमजोर बनाउने गतिनिधि हुन सक्ने बताइएको छ।

‘गठबन्धन कमजोर पार्ने गतिविधि हुन सक्छन्। दृढतापूर्वक उभिन आवश्यक छ।’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर छ।

आउँदो माघ ८ मा हुने राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका संयुक्त उम्मेदवार छन्।

प्रकाशित: २९ पुष २०८० १२:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast