माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता

हिमाल प्रेस २८ पुष २०८० १७:२४ | Saturday, January 13, 2024
माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता फाइल तस्बिर।

काठमाडौँ– नेकपा माओवादी केन्द्रले पार्टीको विधान सम्मेलन फागुन पहिलो साता गर्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका हुन्।

बैठकले सम्मेलनमा सहभागिताका लागि प्रतिनिधि छान्न मापदण्ड बनाएको छ।

त्यसअघि विधानको मस्यौदा पार्टीको तल्लो कमिटीमा छलफल गर्ने निर्णय बैठकले गरेको छ। बैठकले राष्ट्रियसभाको निर्वाचनका लागि समन्वय समिति बनाउने निर्णय गरेको सापकोटाले बताए। समितिले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक तयारी गर्नेछ। त्यस्तै बैठकले पार्टी एकताका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा एकता संयोजन समिति बनाउने निर्णय गरेको छ।

बैठकमा मुलुकको वर्तमान परिस्थीतिका बारेमा प्रचण्डले जानकारी गराएको र प्रदेशका इन्चार्जहरूबाट पनि रिपोर्टिङ भएको प्रवक्ता सापकोटाले बताए। उनले भने, ‘माओवादी अभियान अहिलेसम्मकै प्रभावकारी भएको रिपोर्टिङ आएको र माघ २६ गते बस्ने स्थायी कमिटीको अर्को बैठकमा थप छलफल गरिनेछ।’

प्रकाशित: २८ पुष २०८० १७:२४ | Saturday, January 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast