काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक आज बिहान ११ बजेदेखि सुरु हुने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताए।
बैठकमा पार्टीको विधान संशोधनबारे छलफल बैठकको मुख्य एजेण्डा रहेको सापकोटाले बताए।
पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने उनले बताए ।
त्यस्तै, बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुनेछ।
प्रकाशित: २८ पुष २०८० १०:०९ | Saturday, January 13, 2024
प्रतिक्रिया





