दाङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीको निर्देशन : उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह होस्

हिमाल प्रेस २८ पुष २०८० ९:२६ | Saturday, January 13, 2024
दाङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीको निर्देशन : उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह होस्

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटनामा परी १२ जनाको मृत्यु भएकोमा दुख प्रकट गरेका छन्।

साथै प्रचण्डले दुर्घटनामा मृत्यु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

उनले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई निर्देशन समेत दिएका छन्।

प्रकाशित: २८ पुष २०८० ९:२६ | Saturday, January 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast