त्रिवि उपकुलपतिमा क्षमतावान् प्राज्ञ नियुक्त गर्न नेताहरूलाई राष्ट्रपतिको ध्यानाकर्षण

हिमाल प्रेस २७ पुष २०८० २१:३० | Friday, January 12, 2024
त्रिवि उपकुलपतिमा क्षमतावान् प्राज्ञ नियुक्त गर्न नेताहरूलाई राष्ट्रपतिको ध्यानाकर्षण शीतलनिवासमा शुक्रबार साँझ राष्टप्रति रामचन्द्र पौडेलसँग भेट गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति खाली रहेका बेला मेरो तेरो नभनी क्षमतावान् प्राज्ञ ल्याएर यही मौकामा विश्वविद्यालय सुधारको अभियान थाल्न शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार शीतलनिवासमा बोलाएर मुलुकमा देखिएका महत्त्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेलले दलहरूले आफूहरूले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारी दिने गरी तत्काल कानुन पनि मिलेर बनाउन, निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न नेताहरुको ध्यानाकर्षण गराएका छन्।

पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति खाली रहेको बेला मेरो तेरो नभनी क्षमतावान् प्राज्ञ ल्याएर यही मौकामा विश्वविद्यालय सुधारको अभियान सुरु गर्न पनि ध्यानाकर्षण गराउनुभएको सल्लाहकार पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलको ध्यानाकर्षणलाई नेताहरूले सकारात्मक रुपमा लिएको जनाइएको छ।

त्रिभुवन विश्वविद्यालयमा केही समयदेखि उपकुलपति रिक्त छ। उपकुलपति नियुक्त गर्नका लागि गठित समितिले इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरेको छ। दलीय भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति हुँदै आएको त्रिविमा अब योग्य व्यक्तिलाई उपकुलपति बनाइने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्दैै आएका छन्।

प्रकाशित: २७ पुष २०८० २१:३० | Friday, January 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast