प्रधानमन्त्रीसहित शीर्ष नेतालाई मन्चमा राखेर लिङ्देनले भने : राजा फर्काउन निर्णायक आन्दोलन गर्छौँ

हिमाल प्रेस २७ पुष २०८० १७:१५ | Friday, January 12, 2024
प्रधानमन्त्रीसहित शीर्ष नेतालाई मन्चमा राखेर लिङ्देनले भने : राजा फर्काउन निर्णायक आन्दोलन गर्छौँ

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था फर्काउन निर्णायक आन्दोलन गर्ने घोषणा गरेका छन्। शुक्रबार ३०२औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर काठमाडौँमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले अन्तिम पटक राजसंस्था फर्काउन आन्दोलन थाल्ने घोषणा गरेका हुन्।

लिङ्देनले यसो भनिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछानेलगायत विभिन्न दलका शीर्ष नेता मन्चमा थिए।

‘यो असामान्य स्थितिमा ठूला दलहरूले देशका सबै राजनीतिक शक्तिलाई मिलाएर नयाँ सम्झौतामा लगेर थप क्षति हुन रोक्नुपर्छ। तर दलहरू एकपछि अर्को देश हितविपरीतका काममा लागे,’ उनले भने, ‘अब राप्रपाले जनदबाब बढाउन नेतृत्व गर्नु परेको छ। मलाई विश्वास छ, हामीले दलहरूलाई कोर्स करेक्सन गर्न बाध्य बनाउँछौँ।’

प्रकाशित: २७ पुष २०८० १७:१५ | Friday, January 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast