ओलीले भने : पृथ्वी जयन्तीमा एकता दिवस मनाउने राप्रपाको निर्णय स्वागतयोग्य

हिमाल प्रेस २७ पुष २०८० १७:०८
4
SHARES
ओलीले भने : पृथ्वी जयन्तीमा एकता दिवस मनाउने राप्रपाको निर्णय स्वागतयोग्य

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो काम भएको बताएका छन्।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा पुगेका ओलीले यस्तो बताएका हुन्।

उनले पुथ्वी जयन्तीलाई एकता दिवसका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यक्रम गर्नु राम्रो भएको बताए। उनले नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीमा कार्यक्रम गरेकामा राप्रपालाई धन्यवादसमेत दिए।

उनले भने, ‘एकता दिवस भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन कार्यक्रम गरेको छ, त्यसका लागि उहाँहरुलाई धन्यवाद छ। यो राम्रो काम गर्नुभएको छ।’ कार्यक्रममा शीर्ष नेताहरू पनि सहभागी थिए।

प्रकाशित: २७ पुष २०८० १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast