‘पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राख्नुपर्छ’

हिमाल प्रेस २७ पुष २०८० १७:०४ | Friday, January 12, 2024
‘पृथ्वीनारायण शाहलाई राजनीतिभन्दा माथि राख्नुपर्छ’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याइँ गर्नु नहुने बताएका छन्। आज शुक्रबार पृथ्वीजयन्तीको अवसर पारेर राप्रपाले आयोजना गरेको चियापान समारोहमा पुगेका लामिछानेले राष्ट्र निर्माताको सम्मान गर्न कन्जुस्याइँ गर्न नहुने बताएका हुन्।

आज देशका विभिन्न ठाउँमा ३०२ औं पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। उनले देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माताप्रतिको सम्मान सबैले गर्नुपर्ने बताए।

उनले पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने सोच्नु नहुने र गणतन्त्रवादीले हाम्रो होइन भन्ने सोच्नु नहुने बताए। राष्ट्रनिर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने बताए। पृथ्वीनारायणको योगदानलाई राजावादीमात्रै होइन गणतन्त्रवादीले पनि सम्मान गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: २७ पुष २०८० १७:०४ | Friday, January 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast