
काठमाडौँ- राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिएका राप्रपाका निरन्जन थापाले उम्मेदवारी फिर्ता लिएका छन्। लुम्बिनी प्रदेशबाट अन्यतर्फ उम्मेदवारी दिएका उनले आज उम्मेदवारी फिर्ता लिएका हुन्।
प्रदेश निर्वाचन कार्यालयका अनुसार उनले शुक्रबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिइसकेका छन्। लुम्बिनीमा सातजनाको उमेदवारी दर्ता भएको थियो ।
थापाले उमेदवारी फिर्ता लिएपछि ६ जनाको उमेदवारी कायम भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ। राष्ट्रियसभामा रिक्त २० (एक पद मनोनीतसहित)को निर्वाचन माघ ११ गते हुँदैछ। राष्ट्रियसभाका २० सदस्यको पदावधि फागुन २० गते सकिँदैछ।
प्रकाशित: २७ पुष २०८० १५:२१
प्रतिक्रिया