राष्ट्रियसभा निर्वाचन : राप्रपाका निरन्जन थापाले लिए उम्मेदवारी फिर्ता

हिमाल प्रेस २७ पुष २०८० १५:२१ | Friday, January 12, 2024
राष्ट्रियसभा निर्वाचन : राप्रपाका निरन्जन थापाले लिए उम्मेदवारी फिर्ता निर्वाचन आयोग

काठमाडौँ- राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिएका राप्रपाका निरन्जन थापाले उम्मेदवारी फिर्ता लिएका छन्। लुम्बिनी प्रदेशबाट अन्यतर्फ उम्मेदवारी दिएका उनले आज उम्मेदवारी फिर्ता लिएका हुन्।

प्रदेश निर्वाचन कार्यालयका अनुसार उनले शुक्रबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिइसकेका छन्। लुम्बिनीमा सातजनाको उमेदवारी दर्ता भएको थियो ।

थापाले उमेदवारी फिर्ता लिएपछि ६ जनाको उमेदवारी कायम भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ। राष्ट्रियसभामा रिक्त २० (एक पद मनोनीतसहित)को निर्वाचन माघ ११ गते हुँदैछ। राष्ट्रियसभाका २० सदस्यको पदावधि फागुन २० गते सकिँदैछ।

प्रकाशित: २७ पुष २०८० १५:२१ | Friday, January 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast