काठमाडौँ- मुलुकबाट बाहिरिने भन्दा भित्रने मुद्राको मात्रामा वृद्धि भएको पाइएको छ।
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ५८ करोडले बचतमा छ।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ४० अर्ब २३ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोडले घाटामा थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको छ।
प्रकाशित: २६ पुष २०८० २१:४२ | Thursday, January 11, 2024
प्रतिक्रिया




