भिजिट भिसालाई सहज र व्यवस्थित बनाउन गृहकार्य

हिमाल प्रेस २६ पुष २०८० २०:३० | Thursday, January 11, 2024
भिजिट भिसालाई सहज र व्यवस्थित बनाउन गृहकार्य

काठमाडौँ- भिजिट भिसालाई सहज र व्यवस्थित बनाइने भएको छ। सो विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आवश्यक प्रस्तावको तयारी गर्न अध्यागमन विभागलाई निर्देशन दिएका हुन्।

भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गर्न आज (बिहीबार) गृह मन्त्रालयमा बैठक बसेको थियो। बैठकमा गृहमन्त्रीसहित श्रममन्त्री, गृह, परराष्ट्र, शिक्षा र श्रम सचिव एवं सम्बद्ध पदाधिकारीको उपस्थिति थियो।

यसबारे छिट्टै नयाँ निर्णय गर्नु आवश्यक रहेकाले प्रधानमन्त्रीसँगको परामर्श एवम् निर्देशनपछि अन्तिम निर्णय गरिने निष्कर्ष बैठकले निकालेको छ। बैठकमा प्राप्त सुझावसहित आवश्यक प्रस्तावको तयारी गर्न अध्यागमन विभागलाई गृहमन्त्रीले निर्देशन दिएका हुन्।

प्रकाशित: २६ पुष २०८० २०:३० | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast