विदेशी मुद्रा सञ्चिति १७ खर्ब ६७ अर्ब

हिमाल प्रेस २६ पुष २०८० २०:०१ | Thursday, January 11, 2024
विदेशी मुद्रा सञ्चिति १७ खर्ब ६७ अर्ब राष्ट्र बैंक

काठमाडौँ-  मुलुकभित्र विदेशी मुद्राको सञ्चिति बढ्दै गएको पाइएको छ। चालु आवको मंसिर मसान्तसम्म कुल १७ खर्ब ६७ अर्ब बराबरको विदेशी मुद्राको सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले आज (बिहीबार) सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेकामा १४.८ प्रतिशतले वृद्धि भई गत मंसिर मसान्तमा १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा गत मंसिर मसान्तमा १३.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा गत मंसिर मसान्तमा १५.६ प्रतिशतले वृद्धि भई १५ खर्ब ५६ अर्ब २५ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत मंसिर मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई २ खर्ब १० अर्ब ७९ करोड कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार गत मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत छ। चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

प्रकाशित: २६ पुष २०८० २०:०१ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast