व्यापार घाटा ३.१ प्रतिशतले घट्यो

हिमाल प्रेस २६ पुष २०८० १८:४३ | Thursday, January 11, 2024
व्यापार घाटा ३.१ प्रतिशतले घट्यो महोत्तरीको मुख्य भन्सार नाका भिट्ठामोडमा भन्सार जाँचका लागि लामबद्ध मालवाहक ट्रक । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस

काठमाडौँ- पछिल्लो पाँच महिनामा व्यापार घाटा ३.१ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो अवधिमा ३.४ प्रतिशत आयात भएको छ भने निर्यात ६.१ प्रतिशत भएको छ। तथ्यांकअनुसार निर्यात बढेर ६३ अर्ब २१ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४.६ प्रतिशतले कमी आएको थियो।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ११.३ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३२२.३ प्रतिशत र २.३ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, पोलिस्टर धागो, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ। पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैँचा, रोजिनलगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ।

वस्तु आयात भने ६ खर्ब ४२ अर्ब २१ करोडको गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः १.३ प्रतिशत र २८.४ प्रतिशतले घटेको छ। चीनबाट भएको आयात ३२.८ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, विद्युतीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपूर्जालगायतका वस्तुको आयात बढेको छ। सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान लगायतका वस्तुको आयात घटेको तथ्यांकमा उल्लेख छ।

निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।

पछिल्लो पाँच महिनामा कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले कमी आई ५ खर्च ७९ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.८ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशतमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.१ प्रतिशत थियो। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ६३ अर्ब ६६ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५० अर्ब २० करोड बराबरको भएको थियो।

प्रकाशित: २६ पुष २०८० १८:४३ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast