गौशाला-२६ को भन्दै एक युवतीको तस्बिर सार्वजनिक गर्ने रास्वपा कार्यकर्ता निलम्बित

हिमाल प्रेस २६ पुष २०८० १४:५७ | Thursday, January 11, 2024
गौशाला-२६ को भन्दै एक युवतीको तस्बिर सार्वजनिक गर्ने रास्वपा कार्यकर्ता निलम्बित रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी गौशाला २६ को भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्ने एक कार्यकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बन गरेको छ।

पीडित युवतीको भन्दै सामाजिक सञ्जालमा तस्बिर हाल्ने कार्यकर्ता दिवश सापकोटालाई बिहीबार निलम्बन गरिएको हो।

उक्त मुद्दामा दोषी ठहर भएका लामिछानेलाई जिल्ला अदालत काठमाडौँले ८ वर्षको कैद सजाय सुनाएको छ। न्यायाधीश शिशिरराज ढकालको निर्णयअनुसार बलात्कारी ठहर भएका थिए।

प्रकाशित: २६ पुष २०८० १४:५७ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast