पार्टीका उम्मेदवारलाई जिताउन सबै शक्ति परिचालन गर्ने नेकपा एसको निर्णय

हिमाल प्रेस २६ पुष २०८० १३:४९ | Thursday, January 11, 2024
पार्टीका उम्मेदवारलाई जिताउन सबै शक्ति परिचालन गर्ने नेकपा एसको निर्णय

काठमाडौँ-  नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभामा गठबन्धनको उम्मेदवारलाई जिताउन पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले माघ ११ गते हुने राष्ट्रियसभामा गठबन्धनको उम्मेदवारलाई जिताउन लागि केन्द्रित हुन, व्यवस्थापन गर्न पार्टीको सबै शक्तिलाई परिचालन गर्न आह्वान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

त्यस्तै बैठकले पार्टीको विधान संशोधनका लागि जिल्ला र कार्यकर्ता तहसँग सुझाव लिने निर्णय गरेको उनको भनाइ छ। सबैबाट आएको सुझावलाई समेट्दै माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकमा छलफल हुने खतिवडाले बताए।

प्रकाशित: २६ पुष २०८० १३:४९ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast