काठमाडौँ- नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले कोशी प्रदेशको सभामुख चयनलाई तीखो टिप्पणी गरेका छन्।
उनले कोशीको सभामुख चयनलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन राजनीति तथा संघीयताको विकृत कुरूप भनेका छन्।
उनले कोशी प्रदेशमा सभामुखको निर्वाचन लाज भन्ने शब्दमाथि समेत अत्याचार हुने टिप्पणी गरेका छन्।
केही दिनअघि कोशीमा सर्वसहमतबाट राप्रपाका नेतालाई सभामुख चुनिएको थियो। राप्रपा नेता अम्बरबहादुर विष्टलाई नेकपा एमालेसहित सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्रले सर्वसम्मत सभामुखमा चुनेका थिए। लोकतान्त्रिक भनिने दलहरूले राप्रपालाई समर्थन गरेको देखेर सामाजिक सन्जालमा आलोचना भइरहेको छ।
रावलले पनि राप्रपालाई अन्य दलले गरेको समर्थन प्रति टिप्पणी गरेका हुन्।
प्रकाशित: २६ पुष २०८० १०:२२
प्रतिक्रिया